News Portal

  • भूकम्पपीडितका लागि सिन्धु विकास बैंकद्वारा आर्थिक सहयोग प्रदान

    आर्थीकसंसार संवाददाता४ मंसिर, २०८०
    ३११ पटक
    ४ मंसिर, २०८०

    काठमाडौं । सिन्धु विकास बैंकले जाजरकोटका भूकम्प पीडितलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

    बैंककले पीडितको खोज उद्धार तथा राहत कार्यमा सहयोगस्वरूप बैंकका सम्पूर्ण कर्मचारीहरूको एक दिनको तलब भत्ताबराबरको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत हस्तान्तरण गरेको हो ।

    साथै, विगतमा पनि सिन्धु विकास बैंकले यस किसिमका राष्ट्रिय विपत्तिमा सहयोग गर्दै आइरहेको तथा भविष्यमा पनि यस्ता सहयोग जारी रहने बंैकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले जानकारीे दिए ।

    प्रतिकृया दिनुहोस्