आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०८०
२३ कार्तिक, २०८०काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत एशियन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाउन सकिने भएको छ । इसेवाले अनलाइन मार्फत प्रिमियम भुक्तानीका लागि प्रोत्साहन गर्न यस्तो योजना सञ्चालनमा ल्याएको हो ।
यस योजना अनुसार एशियन लाइफका बीमितहरुले प्रिमियमको ०.५ प्रतिशत देखि अधिकतम एक हजार रुपैपाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना कातिएक ३० गतेसम्म लागु हुनेछ । बीमाशुल्क किस्ता रकम भुक्तानी गर्नुपर्ने मिति भइसकेको बीमाशुल्क ईसेवा एप्स वा वेबसाइटमा अनलाइनमार्फत् भुक्तानी गर्दा यो छुट प्राप्त गर्न सकिनेछ ।