News Portal

  • नेपाल इन्फ्रास्ट्रकचर बैंकले घोषणा गर्यो लाभांश

    आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०८०
    ५४१ पटक
    २१ कार्तिक, २०८०

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) ले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कार्तिक २० गते सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

    कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ दशलमव २१०५ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजी २१ अर्ब ६० करोडको ४.२१०५ले हुने ९० करोड ९४ लाख ६८ हजार रुपैंया नगद लाभांस (लाभांस कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव गरेको हो।

    बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
    प्रतिकृया दिनुहोस्