News Portal

  • कर्णाली भूकम्पको शोकमा नेपाल पुनर्बीमाको वार्षिकोत्सव कार्यक्रम रद्ध

    आर्थीकसंसार संवाददाता२० कार्तिक, २०८०
    ३४१ पटक
    २० कार्तिक, २०८०

    काठमाडाै‌ं। कर्णाली प्रदेशमा गएको भूकम्पका कारण राष्ट्रिय शोक परेको भन्दै नेपाल पुनर्बीमा कम्पनीले १० औं वार्षिकोत्सवका सम्पूर्ण कार्यक्रमहरु रद्ध गरेको छ। कम्पनीले सार्वजनिक सूचना जारी गर्दै वार्षिकोत्सवका अवसरमा आयोजना गरिने भनिएका सबै कार्यक्रम रद्ध गरिएको जानकारी दिएको छ।

    वार्षिकोत्सवका पूर्व निर्धारित कार्यक्रमहरु स्थगन भएपनि कात्तिक २१ गते प्रभात फेरी, स्मारिका विमोचन, प्रतिबद्धता प्रकाशनको पूर्व निर्धारित कार्यक्रम यथावत रहने कम्पनीका प्रवक्ता दामोदर भण्डारीले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्