News Portal

  • सानिमा सेक्यूरिटिज लिमिटेडको कारोबार विधिवत रुपमा सुरुवात

    आर्थीकसंसार संवाददाता२९ असोज, २०८०
    २३२ पटक
    २९ असोज, २०८०

    काठमाडौं । सानिमा सेक्यूरिटीज लिमिटेड ब्रोकर नं. ८३ ले मिति २०८० आश्विन २९ गतेदेखि आफ्नो कारोबार बिधिवत रुपमा सुरुवात गरेको छ । उक्त कार्यक्रमको समुद्घाटन सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र यस सानिमा सेक्यूरिटीज लिमिटेडका सञ्चालकहरुले संयुक्त रुपमा गर्नुभयो ।


    समुद्घाटन् समारोहमा सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पाण्डेले सानिमा सेक्यूरिटीजको विधिवत रुपमा कारोबार सञ्चालनमा आएकोमा बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय धितोपत्र दलालको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुका साथै ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्नुभयो ।
    यस सानिमा सेक्यूरिटीज लिमिटेडले मिति २०८० श्रावण १० गते को दिन नेपाल धितोपत्र बोर्ड बाट र मिति २०८० भाद्र २५ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेड बाट सदस्यता प्राप्त गरेको थियो ।

    प्रतिकृया दिनुहोस्