News Portal

  • लक्ष्मी सनराइज बैंकद्वारा बालबालिकालाई सरसामाग्री तथा खाद्यान्न सहयोग

    आर्थीकसंसार संवाददाता२६ असोज, २०८०
    ४३९ पटक
    २६ असोज, २०८०

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले चार सयभन्दा बढी बालबालिकाहरुलाई विविध सरसामाग्री तथा खाद्यान्न सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत असहाय बालबालिकाको संरक्षणमा कार्यरत देशभरीका विभिन्न संस्थाहरुसंग सहकार्य गरी उक्त सहयोग गरेको हो ।

    त्यस्तै, बैंकले नेपाल बाल संघठन अन्तर्गत पाँचखाल, दोलखा र भिमफेदीमा रहेका बालबालिकालाई दशैंमा नयाँ लुगा प्रदान गरेको छ । साथै, नक्सालस्थित बाल मन्दिरलाई पनि आवश्यक खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।

    यसैगरी, बैंकले कोशी प्रदेशको उर्लाबारीमा नमुना बाल गृह र इटहरीमा हेल्पलेस चिल्ड्रेन वेलफेयर मिसन, मधेस प्रदेशको गरुडामा श्री बन्सिलाल जैसवाल अनाथालय, बागमती प्रदेशको हेटौंडामा मामाघर नेपाल, गण्डकीको प्रदेशको पोखरामा रहेको रेनवो चिल्ड्रेन होम नेपाल, लुम्बिनी प्रदेशको कोरीहवाको अविनास आश्रम, कर्णाली प्रदेशको वीरेन्द्रनगरमा रहेको न्यू लाइफ चिल्ड्रेनस् हेभन लगायत सुदूरपश्चिमको धनगढीमा रहेको आमाको माया छात्रबासका बालबालिकाको लागी विभिन्न खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

    प्रतिकृया दिनुहोस्