News Portal

  • कुमारी बैंकका ग्राहकलाई वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटमा छुट

    आर्थीकसंसार संवाददाता१८ असोज, २०८०
    २५९ पटक
    १८ असोज, २०८०

    काठमाडौं । कुमारी बैंक र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबीच सम्झौता भएको छ ।

    कुमारी बैंक र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबीच कुमारी बैंकका ग्राहकहरुलाई वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।

    डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेकोे कुरालाई मध्यनजर गर्दै ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटमा आकर्षक छुटको प्रावधान गरेको हो । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका डेबिट/क्रेडिट कार्ड ग्राहक लगायत मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबाट विभिन्न सेवा शुल्कमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

    विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०८ शाखा सञ्जाल, ३०९ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकलाई सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    प्रतिकृया दिनुहोस्