News Portal

  • एभरेष्ट बैंकको वित्तिय अगुवाइमा कजरिया टायल्सले नेपालमै उत्पादन गर्ने

    आर्थीकसंसार संवाददाता१८ असोज, २०८०
    २४८ पटक
    १८ असोज, २०८०

    काठमाडौं । एभरेष्ट बैंकको अगुवाईमा कजरिया रमेश टायल्समा लगानी गर्ने सम्बन्धमा सहवित्तियकरण अन्तर्गत सहभागी बैंकहरुबीच वित्तीय सहजिकरण गर्ने कार्य सम्पन्न भएको छ ।

    अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङ तथा रमेश कर्पका तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  कार्यक्रममा सह–वित्तियकरणका अन्य सदस्य बैंकहरु नबिल बैंक, नेपाल एबीआई बैंक र प्रभु बैंकका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

    नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सको कुल लागत ४०० रूपैयाँ करोड मध्ये सह–वित्तियकरण अन्तर्गत ३०० रूपैयाँ करोड लगानी रहने कम्पनीले जनाएकाे छ ।

    विश्वको सातौं ठूलो टायल्स उत्पादन कम्पनी कजरिया सेरामिक्स  भारतको संयुक्त लगानी रहेको कजरिया रमेश टायल्स लिमिटेडले नेपालमा आधुनिक उपकरणहरु प्रयोग गरी गुणस्तिरीय टायल्स तथा सेरामिक्सका अन्य उत्पादनहरु अन्तराष्ट्रिय मापदण्ड बमोजिम गुणस्तिरीय हुने जनाएको छ ।

    मार्च २०२४ बाट शुरुवात हुने उक्त परियोजनाले देशमा हुने टायल्सको माग पूरा गरी आयात प्रतिस्थापन गर्नेमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ ।

    प्रतिकृया दिनुहोस्