News Portal

  • नेपाल एसबिआई बैंकका ग्राहकले साथी अस्पतालको सेवामा छुट पाउने

    आर्थीकसंसार संवाददाता१६ असोज, २०८०
    ४८० पटक
    १६ असोज, २०८०

    काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले साथी अस्पतालको सेवामा छुट पाउने भएको छन् ।

    नेपाल एसबिआई बैंक र साथी अस्पताल एन्ड रिसर्च सेन्टर, कैलालीबीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकलाई लक्षित गरी साथी अस्पताल एन्ड रिसर्च सेन्टरमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोगबापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

    उक्त सम्झौता सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोषकुमार भण्डारी तथा अस्पतालका अध्यक्ष जगदीश्वर पण्डितबीच सम्पन्न भएको हो ।

    प्रतिकृया दिनुहोस्