काठमाडौं । अब हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंक मार्फत हुने भएको छ । बिश्वका जुनसुकै देशहरुमा रहनुभएका आफन्तहरुले हिमाल रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २८४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको छ । दूर दराजमा रहेका ग्राहकहरुले पनि यो सुबिधा प्राप्त गर्न सक्नेछन । यसपछि बैंकका ग्राहकहरु तथा अन्य वैदेशिक रेमिटान्स प्राप्त गर्ने ग्राहकहरुलाई नेपालमा रेमिटान्स प्राप्त गर्न सहज हुने भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र हिमाल रेमिटका लागि प्रिन्सिपल एजेन्ट सि एफ एस रेमिट प्रा.लि.का बीच यस अघि भएको सम्झौतापत्रमा बैंकका तर्फबाट विभागीय प्रमुख ऋषि राम ढकाल र प्रिन्सिपल एजेन्ट सि एफ एस रेमिटका प्रमुख कार्यकारी अधिकृत बवि शर्माले हस्ताक्षर गर्नुभएको थियो ।
बैंकका हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८४ शाखा कार्यालय, २६९ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ६५ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोड सेवा, पीओएस (पोइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ्ग, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने युएसएसडी मोवाईल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।
हिमाल रेमिटको रेमिट्यान्सको भुक्तानी अब राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने
आर्थीकसंसार संवाददाता१४ असोज, २०८०
१४ असोज, २०८०- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता