News Portal

  • कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औं शाखा विस्तार

    आर्थीकसंसार संवाददाता१२ असोज, २०८०
    ३६२ पटक
    १२ असोज, २०८०

    काठमाडौं । गरिमा विकास बैंकले कीर्तिपुरमा आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यका साथ आफ्नो १२२औं शाखा कार्यालय सञ्चालन गरेको छ। देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आइरहेको बैंकले शाखा विस्तारको रणनीतिलाई निरन्तरता दिँदै बैंकले ऐतिहासिक धरोहर बोकेको उक्त ठाउँमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

    हाल, बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटीएम एवं डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ।

    प्रतिकृया दिनुहोस्