काठमाडौं । स्टक ब्रोकर एशोसिएसन अफ नेपालको अध्यक्षमा सन्तोष मैनाली सर्वसम्मत चयन भएको छ । उक्त ब्रोकर एशोसिएसनको सम्पन्न २६औं साधारणसभाले मैनालीलाई सर्र्वसम्मत रुपमा नेतृत्व चयन गरेको हो ।
काठमाडौंमा सम्पन्न भएको २६औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा ब्रोकर नम्बर ३६, सेक्यूर्ड सेक्यूरिटिज लिमिटेडका अध्यक्षसमेत रहेका सन्तोष मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । एशोसिएसनको विधानअनुसार मैनाली आगामी दुई वर्ष अध्यक्ष बन्ने छन् । उनी यसअघिको कार्य समितिमा महासचिव पद सम्हालेका थिए ।
निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणनिधि भुसाल, सचिवमा रणदेव पन्त, कोषाध्यक्षमा भक्तिराम घिमिरे र सदस्यहरुमा रवीन्द्र श्रेष्ठ, फणीन्द्र ढकाल, सुयोग खनाल, मित्रलाल श्रेष्ठ र मदन पौडेल निर्वाचित भएको संघले जनाएको छ । नवनिर्वाचित कार्यसमितिले शुक्रबार नै शपथ ग्रहण गरी कार्यभार सम्हालेको बताएको छ ।
स्टक ब्रोकर एशोसिएशनको अध्यक्षमा सन्तोष मैनाली सर्वसम्मत चयन
आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०७७
२१ कार्तिक, २०७७- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह