News Portal

  • स्टक ब्रोकर एशोसिएशनको अध्यक्षमा सन्तोष मैनाली सर्वसम्मत चयन

    आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०७७
    १४३५ पटक
    २१ कार्तिक, २०७७

    काठमाडौं । स्टक ब्रोकर एशोसिएसन अफ नेपालको अध्यक्षमा सन्तोष मैनाली सर्वसम्मत चयन भएको छ । उक्त ब्रोकर एशोसिएसनको सम्पन्न २६औं साधारणसभाले मैनालीलाई सर्र्वसम्मत रुपमा नेतृत्व चयन गरेको हो ।
    काठमाडौंमा सम्पन्न भएको २६औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा ब्रोकर नम्बर ३६, सेक्यूर्ड सेक्यूरिटिज लिमिटेडका अध्यक्षसमेत रहेका सन्तोष मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । एशोसिएसनको विधानअनुसार मैनाली आगामी दुई वर्ष अध्यक्ष बन्ने छन् । उनी यसअघिको कार्य समितिमा महासचिव पद सम्हालेका थिए ।
    निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणनिधि भुसाल, सचिवमा रणदेव पन्त, कोषाध्यक्षमा भक्तिराम घिमिरे र सदस्यहरुमा रवीन्द्र श्रेष्ठ, फणीन्द्र ढकाल, सुयोग खनाल, मित्रलाल श्रेष्ठ र मदन पौडेल निर्वाचित भएको संघले जनाएको छ । नवनिर्वाचित कार्यसमितिले शुक्रबार नै शपथ ग्रहण गरी कार्यभार सम्हालेको बताएको छ ।

    प्रतिकृया दिनुहोस्