News Portal

  • कृशलाले जन्मदिनमा पाइन ५ लाखको बीमा पोलिसी उपहार

    आर्थीकसंसार संवाददाता५ भदौ, २०८०
    २२८ पटक
    ५ भदौ, २०८०

    काठमाडौं । पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । गहना, सुन लगायतका जिन्सी सामानहरु दिने प्रचलनलाई छोडदै मानिसहरुले पछिल्लो समय बीमा पोलिसी दिने प्रचलन भित्राएका हुन् ।

    यसैबीच इलामपालिका वडा नं १ इलामका एक बुबा आमाले छोरीको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका हुन् । बुबा कृष्ण गुरूङ र आमा शर्मिला गुरूङले छोरी कृशला गुरूङलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि इलाम शाखाबाट बीमा पोलिसी उपहार दिएका हुन् ।

    छोरीलाई बुबा आमाले ५ लाख बीमाङकको रिलायबल शुलव बीमा पोलिसी उपहार दिएका हुन् । सोही जन्मदिनको अवसरमा कम्पनीका शाखा प्रमुख घनश्याम अधिकारी सिनीयर एजेन्सी मेनेजर ओम ब कटुवालको उपस्थितीमा उक्त बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।
    प्रतिकृया दिनुहोस्