News Portal

  • नेपाल इन्स्योरेन्सको नाफा १० प्रतिशत बढेसँगै ईपीएस २६.७६ रुपैयाँ

    आर्थीकसंसार संवाददाता३० साउन, २०८०
    २१९ पटक
    ३० साउन, २०८०

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४० करोड ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ४० लाख ६६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १० प्रतिशत नाफा बढाएको हो ।

    गत असारसम्म कम्पनीको खुद बीमा शुल्क ११ प्रतिशत बढेर ७९ करोड ८१ लाख ६८ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६६ करोड ८९ लाख ४३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

    कम्पनीको खुद दाबी भुक्तानी ३ प्रतिशत बढेर २९ करोड ७६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २८ करोड १५ लाख ३० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

    समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ८.४१ प्रतिशत बढेर १ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ, जगेडा कोष २३ प्रतिशत बढेर ४९ करोड २७ लाख रुपैयाँ, बीमा कोष २६.४२ प्रतिशत बढेर ९५ करोड २६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २६.७६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९६.७) रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्