काठमाडौं । फोन पे पेमेन्ट सर्विसले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग,दशैं धन मौका’ नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत फोन पे डाइरेक्टमार्फत बैंक तथा वित्तीय संस्थामा अन्तरबैंक कारोबार गर्दा हरेक दिन एक लाख रूपैयाँ जित्न सकिनेछ ।
कार्तिक १ गते घटस्थापनादेखि कार्तिक १४ गते पूर्णिमासम्म सञ्चालन हुने यो योजनामा बम्पर उपहारमा ५ लाख रुपैयाँँ जित्न सकिनेछ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले फोन पेले यस्तो योजना सुरु गरेको हो । यस योजनामा क्यूआरमार्फत गरिने भुक्तानीलाई भने समावेश गरिने छैन ।
नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन पे सर्विस लिमिटेडका करिब डेढ लाख मर्चेन्ट रहेका छन् । फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगि सकेको छ । फोन पे मा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् ।
‘फोन पे डाइरेक्टसँग,दशैं धन मौका’ योजना सार्वजनिक
आर्थीकसंसार संवाददाता२ कार्तिक, २०७७
२ कार्तिक, २०७७- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह