काठमाडौं । सानिमा रिलायन्स लाइफका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले आजदेखि कार्यभार सम्हालेका छन् । बीमा प्राधिकरणले हिजो मात्रै उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि स्वीकृति प्रदान गरेको थियो ।
प्राधिकरणले स्वीकृति प्रदान गरे सँगै उनले आजदेखि कार्यभार सम्हालेका हुन् । उनलाई कम्पनीको सञ्चालक तथा उच्च व्यवस्थापन तहका कर्मचारीले स्वागत गरेका थिए । आजैदेखि कार्यभार सम्हालेका पाण्डेले आगामी दिनमा अध्ययन गरेर अगाडी बढ्ने बताएका छन् ।
पाण्डेको कार्यकाल ४ वर्षको रहनेछ । जीवन बीमा क्षेत्रको दोस्रो सफल मर्जर पछि बनेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेका पाण्डे चार्टर्ड एकाउन्टेन्ट हुन् ।
पाण्डे साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिए । उनि २०७७ मंसिर एक गतेदेखि बीमा क्षेत्रबाट बाहिरिएका थिए । उनि बीमा क्षेत्रमा २ वर्ष भन्दा लामो अवधि पछि पुनः फर्किएका हुन् । पाण्डे सूर्या लाइफमा प्रवेश गर्नु अगाडी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक थिए । तत्कालिन सूर्या लाइफका अध्यक्ष तथा नेपाल सरकारका पुर्व सचिव केशव प्रसाद भट्टराईले उनलाई प्रमुख कार्यकारी अधिकृतमा आउन अनुरोध गरे पछि बीमा क्षेत्रमा भित्रिएका थिए ।
हक्की स्वभावका पाण्डे जीवन बीमा कम्पनीहरुको उच्च व्यवस्थापकहरुको छाता संगठन ‘नेपाल जीवन बीमक संघको संस्थापक अध्यक्ष समेत हुन् ।
सानिमा रिलायन्सका सिइओ पाण्डले सम्हाले कार्यभार, अध्ययन गरेर अगाडी बढ्ने
आर्थीकसंसार संवाददाता१३ चैत, २०७९
१३ चैत, २०७९- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह