काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको १ः०.८८४५१६८ को अनुपातमा जारी गर्न लागेको साविकका शेयरधनीलाई प्रति शेयर रु. १००।– दरको २,३४,६८,००० कित्ता शेयरको हुने रु. २,३४,६८,००,०००।– (अक्षरेपी दुई अरब चांैतिस करोड अठसट्ठी लाख मात्र) बराबरको हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको कार्यालय पुतलीसडक, काठमाण्डौमा आज आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत श्री देव राज अधिकारी र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री लक्ष्मी प्रसाद दासले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको हकप्रद शेयरको विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त
आर्थीकसंसार संवाददाता१५ माघ, २०७९
१५ माघ, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?