आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०७९
२१ कार्तिक, २०७९काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरुको २२ लाख ३३ हजार २०२ कित्ता सेयर बिक्री गर्ने भएको हो ।
बैंकका विभिन्न ९ जना सस्थापक सेयरधनीहरुले उक्त सेयर बिक्री गर्न चाहेकाले आज कात्तिक २१ गतेदेखि बिक्री खुला गरेका हुन् । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्रमा आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
सेयर खरिदका लागि इच्छुक संस्थापक सेयरधनीले एनसीसीको बागबजार, काठमाडौंस्थित सेयर विभागमा लिखित निवेदन दिनुपर्नेछ । तोकिएको मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुलाई उक्त संस्थापक सेयर बिक्री गरिने बैंकले जनाएको छ ।