आर्थीकसंसार संवाददाता१८ कार्तिक, २०७९
१८ कार्तिक, २०७९काठमाडाैं । सनराइज क्यापिटलले २५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित क्यापिटलकाे १२ औं वार्षिक साधारण सभाले उक्त लाभांश प्रस्ताव पारित गरेकाे हाे ।
वार्षिक साधारण सभामाले आ.व. २०७८/०७९ वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आ.व. २०७९/०८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्ताव सर्वसम्मतबाट पारित गरेकाे छ ।
साथै, आ.व. २०७८/०७९ को मुनाफाबाट २५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरियो ।