आर्थीकसंसार संवाददाता९ असोज, २०७७, शुक्रबार
९ असोज, २०७७, शुक्रबारकाठमाडौं । प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकीलाई चयन गरिएको छ । प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड बैठकले काउन्सिल सदस्य गोपाल बुढाथोकीलाई कार्यवाहक अध्यक्ष चयन गरिएको हो ।
किशोर श्रेष्ठको पदावधि यही असोज १२ गतेसम्म रहेकाले श्रेष्ठले राजीनामा दिएका हुन् । प्रेस काउन्सिलका तत्कालीन अध्यक्ष भवानीप्रसाद बरालविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि सो रिक्त अध्यक्ष पदमा काउन्सिल बैठकले श्रेष्ठलाई कार्यबाहक अध्यक्ष तोकिएको थियो ।