News Portal

  • प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी

    आर्थीकसंसार संवाददाता९ असोज, २०७७, शुक्रबार
    ८२८ पटक
    ९ असोज, २०७७, शुक्रबार

    काठमाडौं । प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकीलाई चयन गरिएको छ । प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड बैठकले काउन्सिल सदस्य गोपाल बुढाथोकीलाई कार्यवाहक अध्यक्ष चयन गरिएको हो ।
    किशोर श्रेष्ठको पदावधि यही असोज १२ गतेसम्म रहेकाले श्रेष्ठले राजीनामा दिएका हुन् । प्रेस काउन्सिलका तत्कालीन अध्यक्ष भवानीप्रसाद बरालविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि सो रिक्त अध्यक्ष पदमा काउन्सिल बैठकले श्रेष्ठलाई कार्यबाहक अध्यक्ष तोकिएको थियो ।

    प्रतिकृया दिनुहोस्