काठमाडौं । प्रभु बैंकका ग्राहकहरुले बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घरमा छुट पाउने भएका छन् । प्रभु बैंक र न्युरोड, पोखरा स्थित बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घर प्रा.लि बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बैंकका तर्फबाट बगर शाखा कार्यालय प्रमुख अर्जुन शर्मा र बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घर प्रा।लि का तर्फबाट निर्देशक गोविन्द बहादुर घर्ती मगरले सम्झौतामा हस्ताक्षर गरेका छन् । प्रभु बैंक र उक्त रेस्टुरेण्टबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घर प्रा.लि द्धारा सञ्चालित “फुड”,“वेभरेज” र “दोहोरी” सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने छन्।
उक्त सम्झौता अन्तर्गत बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घर प्रा।लि मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घर प्रा।लि का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जनाएको छ ।
यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकका ग्राहकले बैना दोहोरी साझँमा छुट पाउने
आर्थीकसंसार संवाददाता१ कार्तिक, २०७९
१ कार्तिक, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?