काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको चौथोे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद नाफा घटेको छ भने अधिकांश सूचकमा सामान्य बृद्धि भएको छ ।
कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चौथो त्रैमासको अवधिसम्ममा कम्पनीले १ अर्ब ५ करोड ६२ लाख ३६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ९२ करोड ६४ लाख ९९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १४ दशमलव ९५ प्रतिशतले बढी हो ।
समिक्षा अवधिमा कम्पनीले ३२ करोड १० लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको नाफा ८ दशमलव ३१ प्रतिशतले कमी भएको तथ्याङ्कले देखाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड १ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनील २ अर्बमाथि कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले १० हजार १४१९ वटा दाबी वापत १ अर्ब ३७ करोड १२ लाख दाबी भुक्तानी गरेको छ । कम्पनीले ८ हजार ९५२ वटा भुक्तानी हुन बाँकी दाबी संख्यामा १ अर्ब ३७ करोड ८४ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।
कम्पनीले यस अवधिमा ६९ करोड २४ लाख ३६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५७ करोड ३७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३१ करोड २६ लाख १७ हजार रुपैयाँ रकम संचित रहेको छ । त्यस्तै , बीमा कोषमा १ अर्ब १६ करोड ८३ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ९ करोड १८ लाख रुपैयाँ रकम संचित रहेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) २४ रुपैयाँ ९३ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २ सय २२ रुपैयाँ ११ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २१ दशमलव ८१ र प्रतिशेयर कुल सम्पतिको मूल्य ४ सय ९ रुपैयाँ ६६ पैसा रहेको छ ।
सिद्धार्थ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन १४%ले बढ्दा नाफामा गिरावट
आर्थीकसंसार संवाददाता२२ साउन, २०७९
२२ साउन, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?