News Portal

  • मेटलाइफद्वारा ६ ग्रामिण जिल्लामा बीमा सचेतना कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२२ साउन, २०७९
    ५१७ पटक
    २२ साउन, २०७९

    काठमाडौं । मेटलाईफले ६ ग्रामिण जिल्लाहरुमा जीवन बीमा बारे जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नेपालगन्ज, टिकापुर, धनगढी, भोजपुर, कास्की, र जुम्लामा जीवन बीमा बारे जनचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
    कार्यक्रममा ६०० जनाले विभिन्न बीमालेखका फाइदाहरु बारे जानकारी पाएका थिए ।
    बीमा जागरण कार्यक्रमले मानिसहरूलाई उनीहरूको दीर्घकालीन हितलाई खतरामा नपार्न, उनीहरूका अधिकांश वित्तीय कठिनाइहरूलाई घटाएर आपातकालीन रणनीति विकास गर्न मद्दत गर्ने कम्पनी बताउँछ ।

    प्रतिकृया दिनुहोस्