काठमाडौं । कोरोना बीमा पोलिसी ल्याउने व्यक्तिलाई जेल हाल्नुपर्ने पेसागत अभिकर्ता संघका अध्यक्ष शम्भुप्रसाद ढुंगानाले बताएका छन् । बुधबार राष्ट्रिय बीमा कम्पनीको नवौं वार्षिकोत्सवको अवसरमा बोल्दै कोरोना पोलिसीबाट दुःख पाएको भन्दै पोलिसी ल्याउनेलाई जेल हाल्नुपर्ने बताएका हुन् ।
‘कोरोना बीमा पोलिसी ल्याउनेलाई जेल हाल्नुपर्छ, यो पोलिसीले गर्दा बीमा कम्पनीले दोष र अबजस खेप्नुपरेको छ,’ उनले भने ।
कोरोना महामारीको समयमा आम जनतालाई सहज होस् भन्ने हेतुले सरकारले कोरोना पोलिसी ल्याएको थियो । तर, बीमा कम्पनीले अर्बौं रकम बराबरको दाबी भुक्तानी नगर्दा बीमा कम्पनीप्रतिको विश्वास घटेको भन्दै छिट्टै भुक्तानी हुनुपर्ने मागहरु उठेका छन् ।
बीमितको घरमा नै गएर बीमा पोलिसी बिक्री गर्ने श्रमिक तथा अभिकर्ताको उचित मूल्याङ्कन हुनुपर्ने धारणा उनले राखे । अभिकर्तालाई दिँदै आएको ५ प्रतिशत कमिसन कम भएको भन्दै उनले बढाउन माग गरे ।
जीवन बीमा कम्पनीका अभिकर्ता जस्तै निर्जीवन बीमा कम्पनीका अभिकर्ताले पनि कमसिन पाउनुपर्ने उनको भनाइ छ ।
अभिकर्ताको कमिसन बढाऔं : अध्यक्ष ढुंगाना
आर्थीकसंसार संवाददाता१८ साउन, २०७९
१८ साउन, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान