आर्थीकसंसार संवाददाता१५ साउन, २०७९
१५ साउन, २०७९काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको तर्फबाट नास्तु शर्माले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपालबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्नेछन् ।