काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले आर्थिक वर्ष २०७९/८० को लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउने बताएका छन् ।
अध्यक्ष गोल्यानले मौद्रिक नीतिले अनिवार्य नगद अनुपात (सिआरआर) लाई ३ प्रतिशतबाट १ प्रतिशत बढाउँदा बैंकहरुको अर्बौं रकम बिना प्रतिफल राष्ट्र बैंकमा थुप्रिँदा बैंकहरुको मुनाफा घटाउने अवस्था देखिएको बताएका हुन् । मौद्रिक नीतिको यो व्यवस्थाले बैंकहरुको लागत बढ्ने उनको भनाइ छ ।
अध्यक्ष गोल्यानले बैंकहरुमा लागत नै १० प्रतिशत बढीले लाग्ने भन्दै यो भन्दा माथि गए बैंकिङ क्षेत्र संकटमा पर्ने बताए । ‘बैंकको शेयरहोल्डर र लगानीकर्ताहरुलाई १० देखि १५ प्रतिशत मुनाफा दिनुपर्ने भएपनि आगामी दिनमा बैंकहरुले त्यो दिन सक्ने अवस्था छैन,’ उनले भने ।
यस्तै, उनले चालु आर्थिक वर्षमा रेमिट्यान्स र वैदेशिक लगानी आउन नसके १२ प्रतिशतको कर्जा विस्तार लक्ष्य पनि पूरा हुन नसक्ने दाबी गरे । ‘गत वर्ष १९ प्रतिशत कर्जा बिस्तारको लक्ष्य राखेपनि पूरा भएन, यो वर्ष पनि त्यही अवस्था देखिएको छ, उत्पादनशील उद्योग र अन्य उद्योगमा फरक ब्याजदर व्यवस्था गर्नु राम्रो देखिएपनि यो व्यवस्थाले बैंकलाई भार थप्ने देखिएको छ,’ उनले भने ।
उनले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु जोगाएर नीति ल्याउन चुकेको टिप्पणी गरे । अध्यक्ष गोल्यानले घरजग्गा कारोबारको लागि कर्जामा कसिलो बनाउनु सकारात्मक रहेकोले घर जग्गा किनबेचको लागि बैंकहरुबाट कर्जा जानु नहुने बताए ।
‘राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउने छ’: अध्यक्ष पवन गोल्यान
आर्थीकसंसार संवाददाता९ साउन, २०७९
९ साउन, २०७९- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?