News Portal

  • कामना सेवाद्वारा हरिहर मन्दिरलाई कुर्ची हस्तान्तरण

    आर्थीकसंसार संवाददाता३१ असार, २०७९
    ७३४ पटक
    ३१ असार, २०७९

    काठमाडौं । कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिकउत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गोङ्गबुको तर्फबाट काठमाडौं जिल्ला टोखा न.पा. वडा नं. ०६ धापासीस्थित हरिहर मन्दिरलाई आषाढ ३० गते कुर्ची हस्तान्तरण गरेको छ । उक्त कुर्ची मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई बस्नको लागि सहज होस् भन्ने उद्देश्यका साथ प्रदान गरेको बैंकले जनाएको छ ।
    बैंकको काठमाडौं क्षेत्रका क्षेत्रीय प्रमुख केदार नाथ शर्माले हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दामोदर ढकाललाई उक्त कुर्चीहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अन्य सदस्यहरु, स्थानीय महानुभावहरुका साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस्