News Portal

  • सिभिल बैंकको ९९औं एटियम पोखराको लेकसाईडमा

    आर्थीकसंसार संवाददाता१९ असार, २०७९
    २६१ पटक
    १९ असार, २०७९

    काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले पोखराको लेकसाईडमा नयाँ एटियम सञ्चालनमा ल्याएको छ । उक्त एटियमको समुद्घाटन बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेले गर्नुभयो ।
    उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोलाबहादुर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसीलगायतको उपस्थिति रहेको थियो ।
    हालसम्म रु. ९२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ८८ अर्ब कर्जा लगानी गरिसकेकोे सिभिल बैंकको यस एटियमसहित एटिएम संख्या ९९ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्