News Portal

  • छिदालले मातातिर्थ औंसीमा आमालाई दिए १० लाखको बीमा पोलिसी उपहार

    आर्थीकसंसार संवाददाता१९ वैशाख, २०७९
    ८४१ पटक
    १९ वैशाख, २०७९

    काठमाडौं । पछिल्लो समय जन्मदिन, बिवाहमा बीमा पोलिसी दिने प्रचलन बढदै आएको पाईन्छ । जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणाली अनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिजहरु उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहारको रुपमा दिने प्रचलन बढ्दो क्रममा भित्रिएको छ ।
    यसैबीच तनहुँको आँबुखैरेनी गाउँपालिका १ सत्रसयस्थित मनोज छिदालले मातातिर्थ औंसीको अवसरमा आफ्नो आमालाई जीवन बीमा पोलिसी उपहार दिएका छन् । आफ्नो उच्चशिक्षाको लागि अष्ट्रेलिया रहेका छिदाले मातातिर्थ औंसीको अवसरमा आमा देवीमाया परियारलाई १० लाख रुपैयाँको रिलायबल वार्षिक समुन्नति बीमा योजना उपहार दिएका हुन् ।
    त्यस्तै, रिलायबल नेपाल लाइफको आँबुखैरेनी शाखा प्रमुख सुनिल श्रेष्ठ,एजेन्सी म्यानेजर उषा थापा, अभिकर्ता लाल बहादुर राना, कर्मचारी, संगिता गुरुङ लगायतकाको उपस्थितीमा छिदालको आमालाई बमिा पोलिसी उपहार दिएको हो ।

    प्रतिकृया दिनुहोस्