News Portal

  • बीमा समितिबाट सगरमाथाको लाभांश स्वीकृत

    आर्थीकसंसार संवाददाता६ वैशाख, २०७९
    ६७३ पटक
    ६ वैशाख, २०७९

    काठमाडौं । बीमा समितिले सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको लाभांश स्वीकृत गरेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित १.०५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
    कम्पनीको बैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी बैशाख २८ गते २५ औ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको छ । प्रस्तावित लाभांश बैशाख २५ गतेको साधारणसभाले स्वीकृत गरेपछि मात्रै शेयरधनीहरुले पाउने छन् ।

    प्रतिकृया दिनुहोस्