काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता आधारभुत तालिम संचालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्ति तथा संस्थाहरुको सुविधालाई मध्यनजर गर्दै चैत २५ गतेबाट निर्जीवन बीमा अभिकर्ताका लागि तीन दिन तालिम संचालन गर्ने भएको छ ।
तालिमका लागि न्युनतम एसएलसी वा सो सरह उर्तिण गरेको हुनुपर्नेछ । शैंक्षिक योग्यताको प्रमाणपत्रहरु तथा नागरिकताको प्रतिलिपी, पासपोर्ट साइजको फोटो ४ प्रति, स्थायी लेखा नम्बर र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ । त्यस्तै, संस्थागत अभिकर्ताको लागि संथाको निवेदन संचालकको फोटो र हस्ताक्षर, संचालकको नियुक्ति र पदावधि मिति लगायतका प्रमाणपत्रहरु आवश्यक पर्नेछ ।
ईच्छुक तथा योग्यता पुगेका संस्था तथा व्यक्तिले १ हजार नगद सहित कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं वा क्षेत्रिय कार्यालय तथा शाखा कार्यालयहरुमा चैत २४ गतेभित्र सम्पर्क गर्नुपर्नेछ । तालिम बिहान १० बजेदेखि शुरु हुने कम्पनीले जनाएको छ । तालिम एनएलजी इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयमा हुनेछ ।
एनएलजी इन्स्योरेन्सले तीन दिने बीमा अभिकर्ता तालिम संचालन गर्ने
आर्थीकसंसार संवाददाता२३ चैत्र, २०७८
२३ चैत्र, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल बैंकको नगद लाभांश घोषणा
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न