News Portal

  • निप्सको लुम्बिनी प्रदेश समिति गठन

    आर्थीकसंसार संवाददाता२१ चैत्र, २०७८
    ९४६ पटक
    २१ चैत्र, २०७८

    काठमाडौं । निप्सको लुम्बिनी प्रदेश समिति गठनभएको छ । लुम्बिनी प्रदेशमा क्रियाशिल बीमाकर्मीहरुको भेलाले बीमाकर्मीहरुको अफिसर्स क्लबको नामले परिचित संस्था नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाईटी (निप्स) लुम्बिनी प्रदेश समिति गठन गरेको हो ।
    लुम्बिनी जनरल इन्स्योरेन्सका क्षेत्रिय प्रबन्धक बिश्व दिपक नेपालको अध्यक्षतामा गठित निप्स लुम्बिनीमा लुम्बिनी प्रदेशमा कार्यरत बीमाकर्मी अधिकृतहरु समेटिएका छन् ।
    उक्त समितिको उपाध्यक्षमा नेपाल इन्स्योरेन्सका डि एन गिरी, महासचिवमा नेको इन्स्योरेन्सका मिन कुमार लामिछाने, कोषाध्यक्षमा शिखर इन्स्योरेन्सका किरण काफ्ले, सचिवमा सगरमाथा इन्स्योरेन्सका गोपाल ज्ञवाली रहेका छन् ।
    त्यसैगरी समितिको सदस्यहरुमा प्रभु इन्स्योरेन्स बाट रोहिणी श्रेष्ठ, जनरल इन्स्योरेन्स (जिआइसी) बाट बिक्रम कण्डेल, सगरमाथा इन्स्योरेन्सका वेद प्रकाश अधिकारी र एभरेष्ट इन्स्योरेन्स बाट सिद्दार्थ जंग शाह रहेका छन् ।
    भेलाले बीमा क्षेत्रलाई व्यवसायिक बनाउन र नागरिक मैत्री बनाउन विगतमा भएका प्रयासहरुलाई अभियानको रुपमा लैजाने निर्णय समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्