काठमाडौं । नबिल बैंकले साना तथा मझौला ऋणीहरुलाई व्यवसायिक क्षमता अभिवृद्धि सम्बन्धि तालिमको आयोजना गरेको छ। बैंकले प्रदेश एक स्थित आफ्नो शाखा कार्यलय अन्तर्गतका साना तथा मझौला ऋणीको लागि कार्यक्रम आयोजना गरेको हो ।
आफ्ना साना तथा मझौला ऋणी ग्राहकलाई क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकास गर्ने उदेश्यले उक्त तालिमको आयोजना गरेको बैंकले जनाएको छ ।
यस क्षेत्रमा दखल राख्ने व्यक्ति सुमन शाक्यलाई प्रशिक्षकको रुपमा आमन्त्रित गरि उक्त तालिमको आयोजना गरेको हो। इटहरीमा आयोजना भएको उक्त कार्यक्रममा ४० साना तथा मझौला व्यवसायीको उपस्थिति रहेको थियो।
तालिममा सहभागी साना तथा मझौला ब्यवसायीहरुले यस प्रकारको तालिमले व्यवसाय संचालन गर्नलाई थप मद्दत मिलेको प्रतिकृया दिएका छन् ।
नबिल बैंकले आफनो एसएमई ग्राहकवर्गहरुको व्यवसायको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकाश एवं बिस्तार सम्बन्धमा यस किसिमको तालिम आयोजना गर्दै आएको नबिल बैंकका साना तथा मझौला उद्यम तथा लघुवित्त विभागका प्रमूख निरज कूमार बस्नेतले बताए।
नबिल बैंकले संचालन गर्यो एसएमई ग्राहकहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रम
आर्थीकसंसार संवाददाता२८ फागुन, २०७८
२८ फागुन, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो