News Portal

  • एनएलजी इन्स्योरेन्सको नाफा र खुद बीमा शुल्क आर्जन दुबै घट्यो

    आर्थीकसंसार संवाददाता१ फागुन, २०७८
    १२०० पटक
    १ फागुन, २०७८

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीको कम्पनीको नाफा तथा जगेडा कोषमा रकम पनि घटेको छ । यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जनमा पनि गिरावट आएको छ ।
    १ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३६ करोड ५९ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ४३ करोड ७ लाख रुपैयाँ संचिती थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार घटेको छ ।
    कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिसम्ममा १० करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षक सोही अवधिको तुलनामा कम्पनीको नाफा ३३ प्रतिशतले घटेको हो ।
    यस अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब ७ करोड ६४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ९७ करोड ३२ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको होे ।
    समिक्षा अवधिमा ४२ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ५५ करोड २० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २२ प्रतिशतले घटेको छ ।
    समिक्षा अवधिमा कम्पनीले २३ करोड ७० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी सामान्य प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ३२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
    यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १७ रुपैयाँ ७ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २२३ रुपैयाँ ८६ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ५८.१७ गुणा रहेको छ ।

    प्रतिकृया दिनुहोस्