काठमाडाैं । कामना सेवा विकास बैंककाे इन्टरप्रेनरसिप डेभलेपमेन्ट प्रोग्राम कार्यक्रम सम्पन्न भएकाे छ । अन्तरप्रेरणासँगको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनको लागि बैंकले उक्त कार्यक्रम गरेकाे थियाे ।
माघ २ देखि ६ गते सम्म जुमको माध्यमबाट सञ्चालन भएको उक्त कार्यक्रममा १६ जना विभिन्न क्षेत्रका उद्यमी र उद्यमी बन्न इच्छुकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले उद्यम सञ्चालनको प्रकृयासँगै आधारभूत कानुनी तथा कर सम्बन्धी जानकारीहरु प्राप्त गर्नुका साथै समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रवर्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न आधारभूत कुराहरुको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान र सीप समेत प्राप्त गरेका छन् ।
कार्यक्रममा बैंकका अध्यक्ष सुदिप आचार्यले उक्त कार्यक्रमले उद्यमीहरुलाई प्रोत्साहन गर्ने र नेपालमा रहेको असीमित अवसरहरुलाई सही रुपमा पहिचान गरी नवीन सिर्जना मार्फत देशमा आर्थिक स्थिरता, रोजगारी सिर्जना र अन्य विभिन्न लाभहरु प्रदान गर्ने बताएका थिए ।
यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सहभागीहरुलाई सफल उद्यमको लागि चाहिने पुँजी व्यवस्थापनको लागि लगानी तथा कर्जाको माध्यमबाट बैंकले पूर्ण रुपमा सहयोग गर्ने बताएका थिए ।
कामना सेवा विकास बैंकको उद्यमशीलता विकास बारे तालिम सम्पन्न
आर्थीकसंसार संवाददाता६ माघ, २०७८
६ माघ, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन