काठमाडौं । “स्वस्थ शरीर स्वस्थ मस्तिष्क” भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकले यहि पौष ९ र १० गते आयोजना गरेको पहिलो “Kamana Sewa FutsalCup 2021Æ ” प्रतियोगिताको उपाधी सिद्धार्थ बैंकले प्राप्त गरेको छ ।
शनिबार हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा माछापुच्छ्रेलाई हराउँदै सिद्धार्थले उपाधि जितेको हो । फाइनल खेल निर्धारित समयमा दुई दुई गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा भएको थियो । निर्धारित समयमा सिद्धार्थको तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले गोल गरेका थिए । माछापुच्छ्र्रेको तर्फबाट अभय राना र सञ्जय राना मगरले गोल गरेका थिए । टाइब्रेकरमा सिद्धार्थ बैंक दुई एकले विजयी बन्यो । प्रतियोगितामा माछापुच्छ्रे्रका निकेश केसी उत्कृष्ट गोलकिपर ठहरीए भने सिद्धार्थका शान्ति राम कार्की सर्वाधिक गोलकर्ता र सिद्धार्थकै भाष्कर देवकोटा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । बैंकका सञ्चालक श्री विश्वेश्वर सुवेदीको अध्यक्षता तथा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतियोगिताका विजेतालाई प्रमुख अतिथी, कामना सेवाका सञ्चालक श्री विश्वेश्वर सुवेदी, नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष श्री गोबिन्द भट्टराई, बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत श्री हरि प्रसाद लम्साल लगायतले मेडल, ट्रफी सहित प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । कामना सेवा विकास बैंकले आयोजना गरेको प्रतियोगिता खेलपाटीको व्यवस्थापनमा भएको थियो । प्रतियोगितामा अखिल नेपाल फुटबल संघ एन्फाको फुटसल कमिटीले सहकार्य गरेको थियो । उक्त फुट्सल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था एवं बीमा कम्पनीहरु समेत गरी २४ वटा टिम सहभागी भएका थिए ।
कामना सेवा फुटसल कप–२०२१ को उपाधी सिद्धार्थ बैंकलाई
आर्थीकसंसार संवाददाता१० पुष, २०७८
१० पुष, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०