काठमाडौं । कोरोना भाइरस संक्रमणको दिन प्रतिदिन जोखिम बढ्दैजाँदा आइसोलेशन वार्डको अभाव हुनसक्ने जनाउँदै पोखरा महानगरपालिकाले पोखराका केही होटललाई ‘पे–आइशोलेशन’का रुपमा प्रयोग गर्ने तयारी गरेको छ ।
महानगर प्रमुख मानबहादुर जिसीले लक्षण बिना सङ्क्रमण देखिएका र अस्पताल लानुपर्ने अवस्था नभएका सङ्क्रमित पैसा तिरेर होटलमा बस्न चाहन्छन् भने ‘पे–आइशोलेशन’का लागि होटल प्रयोग गर्न सकिने बताए । उनका अनुसार अहिले कृषि तालिम केन्द्रलाई ४० शैय्याको आइशोलेशन वार्डका रुपमा विकसित गरिएको र अब छिट्टै होटलहरुलाई पनि ‘पे–आइशोलेशन’का रुपमा प्रयोग गर्न सम्बन्धित होटलवालासँग छलफल भइरहेको छ । जिसीले हाल महानगरको सहकार्यमा ‘पे–क्वारेन्टिन’ मात्र सञ्चालन गरिएको र करिब चार सय जनाले यसको सुविधा लिएको जानकारी दिए । ‘पे–क्वारेन्टिन’मा बस्नेहरुका लागि एक दिनको रू. एक हजारदेखि रू. दुई हजारसम्म मूल्य तोकिएको प्रमुख जिसीले बताए ।
पोखरा महानगरले कृषि तालिम केन्द्र, मालेपाटन, पदम नर्सिङ्ग होम, लेकसिटी ब्लक बी र र्यालेचौर बेंसी क्वारेन्टिन गरी अहिलेसम्म २२३ शैय्याको चार क्वारेन्टिन सञ्चालन गरेको छ । ती क्वारेन्टिनमा बस्न सकिने एक हजार २२७ जनामध्ये हाल जम्मा ७० जनामा मात्र छन् भने अरु घर फर्किसकेका छन् ।
महानगरको क्वारेन्टिनमा विशेषगरी घरमा बस्ने वातावरण नभएको र होटलमा बस्ने आर्थिक अवस्था नभएकाहरु राखिने गरेको महानगरका स्वास्थ्य महाशाखाका सिनियर अहेव अर्जुन क्षेत्रीले जानकारी दिए । उनका अनुसार विदेशबाट आएर स्वेच्छाले आफ्नै खर्चमा सुविधासम्पन्न होटलमा बस्न चाहनेहरुका लागि महानगरको सहकार्यमा पोखराका २४ होटलले सो सुविधा उपलब्ध गराएका छन् ।
त्यसैगरी महानगरले बुद्ध हस्पिटल नदीपुरमा महिलाका लागि पनि छुट्टै ५० शैय्याको क्वारेन्टिन सञ्चालन गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल दुई भेन्टिलेटर र ११ आइसियु शैय छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माका अनुसार हालसम्म ३९ हजार ९२१ को नमूना सङ्कलन भएको छ । यसमा सङ्क्रमतिको सङ्ख्या एक हजार ८८९ छ । गण्डकीमा ८३० क्वारेन्टिन छन् भने २६१ आइसोलेशन छन् । भारत र तेस्रो मुलुकबाट आउनेको सङ्ख्या १९ हजार ३१५ रहेको छ ।
पोखरा महानगरपालिकाले होटललाई ‘पे–आइशोलेशन’ बनाउने
आर्थीकसंसार संवाददाता८ भदौ, २०७७
८ भदौ, २०७७- बलत्कार पीडितको उद्धारमा संलग्न संस्थालाई ओरिएण्टलको आर्थिक सहयोग
- रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा विस्तार
- क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?
- सिटिजन्स बैंक र बाईकर्स क्याफेबीच समझदारी
- चन्द्रागिरी हिल्समा सूर्यज्योति लाइफका एमडिआरटी अभिकर्ताको भव्य सम्मान्
- संस्थापकले बिक्रीमा राखे एनएमबि बैंकको सेयर, सर्वसाधारणले समेत किन्न पाउने
- आरविवि मर्चेन्ट बैंकिङको १० औं वार्षिकोत्सव सम्पन्न
- ६ महिनामा बैंकहरूले बढाए साढे २ खर्ब लगानी, यी ४ बैंकको घट्यो
- लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई दियो २ लाख ४५ हजार
- गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा छुट