काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको मलेखु शाखाले डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको प्रधान कार्यालय बालुवाटार काठमाडौंको निर्देशनमा जिल्ला प्रहरी कार्यालय धादिङ्गको सभाहलमा जिल्ला प्रहरी कार्यालय धादिङ्गका प्रहरी अधिकृतहरु तथा प्रहरी जवानहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङ्गका प्रमुख एवं प्रहरी उपरीक्षक महेन्द्र खड्काको प्रमुख आतिथ्यतामा डिजिटल बैकिङको महत्व विषयक कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा मलेखु शाखाका प्रमुख गौरब काफ्लेले उक्त विषयमा बोल्दै पहिले जस्तो लामो समयसम्म लाइन बस्नु नपर्ने एटिएम मोबाइल बैकिङ्गको प्रयोगबाट धेरै समयको बचत, पारदर्शी कारोबार र न्युन जोखिम हुने कुरा बताए ।
साथै काफ्लेले कोरोना महामारी रोकथाम एवं नियन्त्रणका लागि लकडाउन र भौतिक दुरी कायम गर्नुपर्ने भएकाले डिजिटल बैंकिङ्ग कारोबार गर्ने संख्यामा बृद्धि भएको तर अझै प्रविधि र ज्ञानको अभावले प्रभावकारिता आउन भने नसकेको बताए ।
खाता खोल्न, खातामा पैसा पठाउन, ऋण आवेदन दिन, विभिन्न महसुल भुक्तानी गर्न, रिचार्ज गर्नलगायतका बैंकिङ सेवाहरु अहिले घरमै बसेर गर्न सकिने बताए ।
हाल नेपाल राष्ट्र बैकको नीतिअनुसार क्यासलेस कारोबारमा एकैचोटी फड्कोे मार्न नसके पनि लेस क्यास अर्थात कम नगद प्रयोगतर्फ आफ्ना ग्राहकलाई आकर्षण गरी विद्युतीय भुक्तानी कारोबारलाई सांग्रिला डेभलपमेन्ट बैंकले महत्वपूर्ण पाटोको रुपमा डिजिटल कारोबारलाई लिएको बताए ।
सांग्रिला बैंकद्वारा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
आर्थीकसंसार संवाददाता२९ भदौ, २०७८
२९ भदौ, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो