News Portal

  • हिमालयन बैंकको नयाँ शाखा झम्सिखेलमा

    आर्थीकसंसार संवाददाता२३ पौष, २०७७
    ११८३ पटक
    २३ पौष, २०७७

    काठमाडौं । हिमालयन बैंकले ललितपुर जिल्लाको कबिर सन्त सत्संघ मन्दिर, झम्सिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा उक्त शाखा विस्तार गरी पुस २३ गतेदेखि सञ्चालनमा ल्याएको हो ।
    यससँगै बैंकले उक्त शाखाहरुबाट ग्राहकलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने छन् । यस शाखाका साथै हाल बैंकको कूल शाखा संख्या ६९ र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने एटीएक संख्या १४६ र ४२०० भन्दा बढी पीओएस टर्मिनल संख्या पुगेको छ ।

    प्रतिकृया दिनुहोस्