News Portal

  • आलु बालीका कीरा तथा रोगहरुको पहिचान र व्यवस्थापन

    १३५५ पटक

    सरोज खत्री,  गौरादह कृषि क्याम्पस

    परिचय
    आलु नेपालको चौथो प्रमुख खाद्य वाली हो । पहाडी क्षेत्रका कैयौं स्थानहरु तथा उच्च पहाडी क्षेत्रहरुमा मुख्य वालीको रुपमा र तराई क्षेत्रमा एक प्रमुख तरकारी वालीका रुपमा यसको खेती गरिन्छ । मौसमअनुसार तराइका समथर फाँटदेखि उच्च पहाडी भेगको ४,४०० मी.को उचाईसम्म यसको खेती गरिएको पाइन्छ ।
    आलुमा धेरै किसिमका रोग/कीराहरुले आक्रमण गर्दछन् । अतः रोग/कीराहरुको समयमा पहिचान गरी व्यवस्थापन गर्न सकिएन भने उत्पादनमा ह्रास आउँछ र कृषकहरुलाई आर्थिक रुपमा घाटा लाग्न सक्छ । त्यसैले बालीमा लागेका रोग तथा कीराहरुको स्पष्ट पहिचान गरी समयमै व्यवस्थापनका उपायहरु अपनाउनु पर्दछ । कतिपय रोग तथा कीराहरु रासायनिक विषादीको प्रयोग बिना पनि व्यवस्थापन गर्न सकिन्छ । यसको लागि बजारमा विभिन्न किसिमका वनस्पतिजन्य/जैविक खालका विषादीहरु उपलब्धछन् । त्यसैले रासायनिक विषादी प्रयोग गरी हाल्नुभन्दा पहिले यस्ता वैकल्पिक उपायहरुको बारेमा पनि जानकारी राख्नु जरुरी छ ।

    क.आलु बालीमा लाग्ने कीराहरू
    १.फेद काट्ने लाभ्रे (Cutworm, Agrotissegetum/Agrotisipsilon)
    यो लाभ्रे ध्वाँसे वा खैरो रङ्गको/चिल्लो, शरीरको ढाडतर्फ अस्पष्ट धर्साहरू भएको र चलाई दिँदा गुडुल्किने खालको हुन्छ । यिनीहरु दिनमा माटोमुनि रहन्छन् र रातमा माटोको सतहमा आई बोट काट्दछन् ।

    व्यवस्थापन विधि
    – सिँचाइको व्यवस्था गर्ने ।
    – क्षति भएको विरुवाको जरा नजिक माटोमा कोट्याएर लाभे्रहरू खोजी नष्ट गर्ने ।
    – क्लोरपाइरीफस (डर्सवान १०५ गेडा) वा मालाथियनको धूलो १ के.जी.प्रति रोपनीका दरले माटोको उपचार गर्ने ।
    २. रातो कमिला (Red ant, Dorylusorientalis/Doryluslabiatus)

    क्षतिको पहिचान
    रातो कमिलाले विभिन्न बोटविरुवाको जरा एवं जमिनमुनिको भाग खान्छन् । यिनले आलुमा माटोसहितका मसिना वा ठूला छिद्रहरू बनाई खाएका हुन्छन् ।

    व्यवस्थापन विधि
    – आलु रोप्नुअघि चिउरीको पिना माटोमा प्रयोग गर्ने ।
    – रोप्ने बेलामा आलुको बीउको प्रत्येक दानामुनि केत्तुकीको चाना राखी रोप्दा प्रकोप कम हुन्छ ।
    – आलु रोप्नु अघि क्लोरपाइरिफस १० प्रतिशत गेडा वा २० प्रतिशत झोलले माटोको उपचार गर्ने ।
    – कीरा देख्नासाथ सिँचाइको व्यवस्था गर्ने, गहुँत, असुरो, खिर्राेको झोल प्रयोग गर्ने ।
    ३. खुम्रे (Whitegrubs, Phyllophagaspp, Anomalaspp, Holotrichiasppetc)

    यी कीराले काँचो गोबर र झार उम्रेको जमिनमा फुल पार्दछ । लाभ्रे कीरा बोसोजस्तो सेतो शरीर, टाउको खैरो–रातो, ठूलठूला ३ जोर खुट्टा भएको र छुँदा खुम्चिने हुन्छ । प्युपा (अचल) अवस्थामा यो कीरा माटोभित्रै कडा खोल बनाएर बसेको हुन्छ ।
    क्षतिको पहिचान
    लाभ्रेले माटोभित्र बसेर आलुका दाना एवं जरा खान्छन् । फलस्वरुप बोट रोगाउँछन् । माटोमुनि चपाईएका डाँठ देखिन्छन् । बयस्कले भने बोटका पातहरुमा दुल–दुला बनाएर खान्छन् ।
    व्यवस्थापन विधि
    – काँचो गोबर मल प्रयोग नगर्ने ।
    – खपटेमा उसलाई बिजुली बत्तीको पासोमा आकर्षण गरी मार्ने ।
    – १ के.जी. प्रति रोपनीका दरले दानामा उत्पादित हरियो ढुसी (Metarhiziumanipliae) आलु रोप्ने समयमा लाईनमा छर्ने ।
    – Entomopathogenicnematodes को प्रयोग गर्ने ।
    – रातो कमिलालाई जस्तै विषादी छर्ने ।
    ४. आलुको पुतली (Potatotubermoth, Phthorimaeaoperculella)

    क्षतिको पहिचान
    पातमा हरियो, सेतो धव्वा, खैरो–डढेको धव्वा जस्तो देखिन्छ । डाँठ र आलुमा सुरुङहरू देखिने र आलुका आँख्लाबाट खैरो पदार्थ निस्कन्छ ।
    व्यवस्थापन विधि
    – लक्षण देखिएका पात चुडेर नष्ट गरिदिने ।
    – बत्तिको पासो प्रयोग गर्ने ।
    – आलु गहिरोमा रोप्ने र उकेरा राम्रोसँग दिने ।
    – सिँचाइको राम्रो व्यवस्था गर्ने, जमिनमा धाँजा फाट्न नदिने ।
    – कीरा भएको शंका लागेका बीउ आलुलाई मालाथियन ५० ई.सी.को झोल १ मी.ली. प्रति लिटर पानीमा मिसाई बनाएको ५–१० मिनेट डुबाएर छहारीमा सुकाएर भण्डार गर्ने ।
    – पि.टि.एम.लुरको प्रयोग गर्ने ।
    – आलु भण्डारणमा बि.टि. (Bacillus thuringiensis) जैविक विषादीको प्रयोग गर्ने ।
    – नयाँ आलुलाई पुरानो कीरा लागेको आलुसँग नमिसाउने ।
    – छहारीमा सुकाईएका तीतेपाती वा ठूला पाते वेथे, पुदिना पात टुक्रा पारी सञ्चित आलुमाथि तह मिलाई राख्ने ।
    ५.लाही कीरा (Aphids, Myzuspersicae and Aulacorthumsolani)

    व्यवस्थापन विधि
    – साबुन पानीको झोल छर्ने ।
    – यसको प्राकृतिक शत्रुले डीबर्डबिटल (स्त्रीस्व भावको खपटे) को प्रयोग गर्ने ।
    – रोपेको एक महिनापछि लाही देखिएमा डायमेथोएट ३० ईं.सी.१ मी.ली. १ लिटर पानीका दरले मिसाई छर्कने ।
    – पहेंलो पासो (Yellow pantrap) को प्रयोग गर्ने
    ख. आलु बालीमा लाग्ने रोगहरू
    १.पछौटे डढुवा रोग (Lateblight)

    यो रोग Phytophthorainfestans नामक ढुसीको कारणले लाग्ने गर्दछ ।
    लक्षण
    पातको टुप्पा वा किनारमा सानो खैरो भिजेको जस्तो दाग देखा पर्दछ । जुन चाँडै बढ्छ र दागको पछाडि हेर्दा सेतो भुवा जस्तो ढुसी देखिन्छ । यो रोग डाँठ र दानामा पनि लाग्दछ, पछि पुरै बोट सुकेर डढेकोजस्तो देखिन्छ ।
    व्यवस्थापन विधिहरू
    – खेतबारी सरसफाई गर्ने, आलु उखेलेपछि नाभो हटाउने ।
    – स्वस्थ बीउ प्रयोग गरी आलु खेती गर्ने ।
    – बीउ उपचार गरेर मात्र रोप्ने ।
    – रोग देखिने बित्तिकै म्यान्कोजेव ७५प्रतिशत डब्लू.पी.(डाईथेनएम–४५,७५ प्रतिशत)को २ देखि ३ ग्राम प्रति लिटर पानीको दरले मिसाएर ७ दिनको फरकमा बाली अवधिभरमा ३ देखि ४ पटक छर्ने ।
    – रोग धेरै बढेमा मेटा ल्याक्सिल ८ प्रतिशत म्यान्कोजेव ६४५ डव्लु.पी.(रिजेमिल ७२ प्रतिशत डव्लु.पी.वाक्रिनोक्सील गोल्ड ७२ प्रतिशत डव्लु.पी.) १.५ ग्राम प्रति लिटर पानीमा घोलेर छर्ने । अरु विषादी गोलभेंडाको डढुवामा जस्तै गर्ने ।
    – रोग कम लाग्ने जात जस्तैः जनकदेव वा रोग अवरोधक जातहरू लगाउने ।
    २. ऐजेरु (Wartdisease)
    योरोग Synchytriumendobioticum नामक ढुसीका कारणले लाग्दछ । आलुको दानाको आँखाहरूमा स–साना सेता खटिराहरूजस्ता लक्षण देखिन्छन् । जुन पछि विस्तारै बढेर काउली जस्तो फुक्क भई पुरा दानालाई नै घेरी आलुको आकार बिग्रिन्छ । त्यस्तो आलु पछि कालो हुँदै जान्छ र कुहिन्छ ।
    व्यवस्थापन विधिहरू
    – रोग लागेको खेतबाट उत्पादित बीउ नरोप्ने ।
    – रोग लागेको खेतमा आलु नरोप्ने ।
    – बाली चक्र कायम गर्ने ।
    – रोग अवरोधी जात लगाउने ।

    ३.ओइलाउने वा खैरो पिप चक्के रोग (Brownrot/Bacterial wilt)
    यो रोग Ralstoniasolanacearum नामक ब्याक्टेरियाका कारणले लाग्दछ ।
    लक्षण
    बोट एक्कासी पानी नभएको जमिनमा उमे्रजस्तो ओइलाएर मर्न थाल्दछ । रोगी दाना काट्दा नशा वरिपरी खैरो चक्का हुने र पिप जस्तो निस्कन्छ ।
    व्यवस्थापन विधिहरू
    – रोग लागेका ेखेतबाट उत्पादित बीउ नरोप्ने ।
    – रोगग्रस्त क्षेत्रमा अन्नबालीसँग घुम्ती बाली लगाउनुपर्दछ ।
    – रोग लागेको बोट वा दाना जम्मा गरी जलाउनुपर्छ ।
    – रोग अवरोधी जात लगाउने ।
    – ब्लिचिङ पाउडर १.५ के.जी. प्रति रोपनीका दरले अन्तिम जोताईमा माटोमा मिसाउने ।

                   
    ४. दादे रोग (Commons cab)
    यो रोग Streptomycesscabies नामक ब्याक्टेरियाका कारणले लाग्दछ ।
    लक्षण
    आलुको सतहमा केही उठेका अथवा खाडल परेका काला खैरा दादहरू देखापर्दछन् ।
    व्यवस्थापन विधिहरू
    – रोगरहित स्वस्थ्य आलु रोप्ने ।
    – रोगग्रस्त क्षेत्रमा घुम्ती बाली लगाउने ।
    – आलु बढ्ने बेलामा माटोमा चिस्यान कायम राख्ने ।
    – रोगी आलु संकलन गरेर नष्ट गर्ने ।

    स्रोतः राष्ट्रिय आलु, तरकारी तथामसलाबालीविकास केन्द्र

    प्रतिकृया दिनुहोस्