News Portal

  • अपि पावरको ४७५ हकप्रद शेयर बिक्री खुल्ला

    आर्थीकसंसार संवाददाता१४ कार्तिक, २०७७
    १६१५ पटक
    १४ कार्तिक, २०७७

    काठमाडौ । अपि पावरको शुक्रबारदेखि हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यको ५६ लाख ७० हजार कित्ता (४७ प्रतिशत) हकप्रद सेयर बिक्री खुुला गरेको हो ।
    जसमा लगानीकर्ताहरुले मंसिर ४ गतेसम्म आवेदन दिन पाउनेछन् । २०७६ साल फागुन ३० गतेसम्म कायम रहेको शेयरधनीले यो हकप्रद भर्न पाउने सूचनामा उल्लेख रहेको छ । कम्पनीले गत फागुन १२ गते नेपाल धितोपत्र बोर्डमार्फत हकप्रद निष्काशनको अनुमति पाएको थियो । कम्पनीले हकप्रद निष्काशन र सभा प्रयोजनका लागि गत चैत १ गते बुक क्लोज गरिसकेको छ ।
    कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । ईच्छुक लगानीकर्ताले यस हकप्रद शेयरमा सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथलीबाट आवेदन दिन सक्नेछन् । साथै सिद्धार्थ बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ ।

    प्रतिकृया दिनुहोस्