News Portal

  • एनएमबि बैंक ५ अर्ब लगानी रहेकाे सेती नदी जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता

    आर्थीकसंसार संवाददाता३० असोज, २०७७
    १४३७ पटक
    ३० असोज, २०७७

    काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत आयोजनाका लागि ३ अर्ब ५० करोड ऋण लगानी सम्झौता भएको छ । एनएमबि बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले ऋण लगानी गर्न लागेको जनाएको छ ।
    भिजन लुम्बिनी ऊर्जा प्रवद्र्धन कम्पनीद्वारा प्रवद्र्धित यो आयोजनामा करिब पाँच अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । त्यसमध्ये यी ३ वित्तीय संस्थाले ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गरेको जनाएको छ । कम्पनीमार्फत निर्माण सम्पन्न गरिने सेतीनदी जलविद्युत आयोजनाको लागि एनएमबि बैंकको नेतृत्वमा एनएमबि बैंकमार्फत २२० करोड, कर्मचारी सञ्चय कोषमार्फत ८० करोड र कृषि विकास बैंकमार्फत ५० करोड गरी जम्मा ३५० करोड ऋण लगानी हुने सम्झौता भएको हो ।
    सम्झौतापत्रमा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेल र एनएमबिका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरे । आयोजनाका लागि बैंकहरुको तर्फवाट कुल लागत ५०० करोड को ७० प्रतिशतले हुने रकम ३५० करोड ऋण लगानी हुनेछ भने काठमाडौं, पोखरा, चितवन, तनहुँ, विशेष रुपमा बुटवलवासी र माछापुच्छ्रे गाउँपालिकाका स्थानीयहरुसमेत शेयरधनी भई प्रबद्र्धकहरुको तर्फबाट ३० प्रतिशतले हुन आउने १५० करोड रकम लगानी हुने बताएको छ ।
    आयोजनाको ३० प्रतिशत स्वपुँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको ऋण लगानी हुने समेत जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्