News Portal

  • सुदुरपश्चिमका अबिश्रान्त योद्धा सुरेन्द्र

    ३११४ पटक

    भूमिका
    प्रदेश नं ७ अन्तर्गत सुदुरपश्चिम दार्चुला जिल्लामा जन्मनुभएका लेखक, पत्रकार, साहित्यकार एवं समाजसेबि सुरेन्द्रप्रसाद बडु लेखन र साहित्यमा उकालो चड्दै गर्नुभएका एक असल र सहासिक ब्यत्तित्व हुनुहुन्छ । जस्ले साहित्य र लेखन क्षेत्रबाट मात्र होइन समाजसेवा र पत्रकारीताका माध्यमबाट समेत समाजलाई योगदान दिनुभएका सर्जक हुनुहुन्छ । लेखन र साहित्यमार्फत न्याय, समानता र परिवर्तनकालागि विद्यार्थीकालदेखि नै कलम चलाउँदै आउनुभएका बडु मेहनति, इमान्दार, सृजनसिल, जिज्ञासु र हक्कि स्वभावको हुनुहुन्छ । उहाँले दुइ दर्जन भन्दा बढि पुस्तक र साहित्य सृजना गरीसक्नुभएको छ । निम्नमध्यम वर्गीय परिवारमा जन्मनुभएका उहाँ थिचोमिचो र शोषण पटक्कै सहनुहुन्न । गुरुबाट मात्र होइन आफ्नो परिवारबाट पनि ज्ञान आर्जन गर्नुपर्छ भन्ने मान्यताका वहाँ बुवाबाट संघर्ष, आमाबाट संस्कार र आफ्नै जीबन भोगाई अनि विभिन्न घटना परिघटनाबाट सिक्दै संघर्ष गर्दै यहाँसम्म आउनुभएको छ । यो पाटोबाट यहाँसम्म आउँदा उहाँ उदयमान साहित्यीक योद्धा बनिसक्नुभएको छ । हरेक बिधाको अध्यन अबलोकन गर्नुभएका वहाँले विभिन्न संघ संस्थामा रहेर महत्वपूर्ण योगदान दिइरहनुभएको छ । वहाँले जन्माउनुभएका कृतिहरुमा सृजनाको भूमिमा सुरेन्द्रप्रसाद बडुका कबिताहरु, अमर प्रेम उपन्यास, सानक्रान्ति, बाटो निबन्ध संग्रह, टुक्रिएको मुटु, छालहरु, सहस्य, काली स्मृति, त्रिकोण, भौतारिएको जीबन, म नै यात्री, म मरेको दिन, सल र फुलहरु, शान्तिको खोज,देशभत्ति रचना संग्रह,बधाई छ तिमी र जिन्दगीलाई गजल संग्रह, प्रचण्ड जीबनी जिबनि संग्रह, बराह क्षेत्र धार्मिक पुस्तक, एकलाख रुपैयाको चोरी र कथ्य कि सत्य पुस्तक सम्पादन, गुरु गोरखनाथ सनातन धर्म संघ समितिका पुस्तक संम्पादनलगायत दर्जनौ पत्रपत्रिकामा समाज बिकासको लागि योगदान पुग्ने महत्वपूर्ण लेख रचना पठनीय र संग्रहनीय छन् । कला र साहित्यको विस्तारदेखि समाज सेवाका विभिन्न क्षेत्रमा रहेर सफल र सार्थक भूमिका निर्वाह गर्नुभएका बडु लेखन र साहित्यको विकास, संरक्षण एवं सर्जकको मर्यादा र अनुशासनलाई सदैव उच्च स्थानमा राखेर परिर्वतन र समृद्धिकालागि निष्ठापूर्ण रुपले अगाडि बढिरहनुभएका सालीन सर्जकमा पर्नुहुन्छ । व्यवहारमा सहजता, लेखनमा निखारता, दृष्टिकोणमा स्पष्टता, आचरणमा अनुशासनीयता, सृजनामा नविनता, सिप र बत्तित्व कलामा निख्खारता अनि समाजसेवामा उत्सुकता र भावनामा कोमलता उहाँका जीबन कर्ममा पाईने विशेषता हुन् । जसले उहाँको साहित्य, लेखन यात्रालाई श्रेष्ठता प्रदान गरिरहेको छ, उत्प्रेरित गरिरहेको छ । बस यसैमा बडुको बिबिधता बोकेको साहित्यीक गति अगाडि बढिरहेको छ । जस्तोसुकै चुनौतिको सामना गरेर लक्ष्य भेदन गर्ने सत्यको पक्षमा सतिसालझै उभिने,अनि कर्ममा निरन्तर कृयासिल भैरहने उहाँ स्वार्थीहरूलाई निःस्वार्थमा, अस्लिलतालाई सालीनतामा र अल्छिहरुलाई सकृयतामा बदल्न खोज्नुहुन्छ । व्यक्तिगत स्वार्थभन्दा समाजको स्वार्थलाई बढि महत्व दिने उहाँ लेखन, कला र साहित्यमा कहिल्यै सम्झैता नगर्ने कृयाशिल सर्जक हुनुहुन्छ ।
    शिक्षा, लेखन र समाजसेवा
    बाल्यकालदेखि नै शिक्षा,समाजसेवा र लेखनमा रुचि राख्ने सुरेन्द्रप्रसाद बडुले एस.एल.सी. सम्मको शिक्षा गाउँकै पाटन स्कूलबाट लिनुभयो भने उच्च शिक्षा श्रमिक शान्ति उच्च माबि र रत्नराज्यबाट लिनुभएको छ । पढाइसँगै साहित्य सृजनामा लाग्नुभएका वहाँले दर्जनौ कृतिहरुलाई जन्म दिई सक्नुभएको छ । कनेक्टिङ युथ हेण्डको अध्यक्ष,राष्ट्रिय उद्घोषक संघको निर्बाचित उपाध्यक्ष,प्रगतिशिल युवा समुह ललितपुरको अध्यक्ष, मिडिया पोष्ट साप्ताहिक, फेमस साप्ताहिक र मेट्रो अनलाईन पत्रिकाको कार्यकारी सम्पादक लगायत दर्जनौँ संघ संस्थामा रहेर विभिन्न पदिय भूमिका सार्थक रुपमा निर्वाह गरिरहनुभएको छ । हाल नागरीक टाइम्स पत्रिका प्रकासन मार्फत सबै क्षेत्रमा जोडिँदै सामाजिक परिबर्तनलाई सकृय रुपमा अगाडि बढाई रहनुभएका बडुले नेपालको लोकतान्त्रिक आन्दोलनमा पनि महत्वपूर्ण योगदान गर्नुभएको छ । प्रजातान्त्रिक समाजबाद नेपालको समृद्धिको निर्बिकल्प बिचार हो भन्ने मान्यता राख्ने सुरेन्द्र सुदुरपश्चिमका एक नक्षेत्र नै हुनुहुन्छ । जस्ले दुखि गरीबहरुको प्रतिनिधित्व गर्नुभएको छ भने सभ्रान्त वर्गलाई रुपान्तरण गर्न खोज्नुहुन्छ । आफना लागि भन्दा नसक्नेहरुका लागि बढि मरीमेटेने बडु राष्ट्रिय जिम्मेवारी पाए त्यस क्षेत्रकालागि केहि गर्न सक्ने ब्यत्तित्वमा पर्नुहुन्छ । बिभिन्न क्षेत्रमा, बिभिन्न बिधामा कलम चलाउँदै आउनुभएका बडु सामाजिक मर्यादाका विभिन्न पदिय भूमिकामा सार्थक जीबन बाँचिरहनुभएका उहाँको यो सबैभन्दा महत्वपूर्ण, अनुकरणीय र ग्रहनीय काम हरुहुन । यि र यस्ता काम लगाएत साहित्य लेखन सृजनासँगै आफ्नो जीवनको व्यवस्थापनमा पनि त्यतिकै कुसलता हाँसिल गर्नुभएको छ, जुन कुरा सबै मानिसहरुले गर्नसक्दैनन् ।
    सबै भूमिकाबाट बडुको सुझाव
    साहित्य र लेखनलाई मूल पेसा एवं समाजसेवा र राजनीतिलाई सहायक पेसा बनाउनुभएका सुरेन्द्रप्रसाद बडुले अहिलेका लेखकले यो क्षेत्रलाई हल्लाका रूपमा लिएको, गुणात्मकता र सृजनात्मकतालाई भन्दा संख्यात्मकतालाई बढि जोड दिएको, साहित्य सृजनामा संवेदनसिलता र गाम्भिर्यता कम भएको आफूले पाएको वहाँ बताउनुहुन्छ । यसले सृजनसिल साहित्यकारलाई चोट पु¥याउनुका साथै आफ्ना सृजना विक्री वितरण र पाठक समक्ष पु¥याउन समस्या भएको वहाँ सुनाउनुहुन्छ । वहाँ जोड दिएरै भन्नुहुन्छ– ‘यसमा साहित्य क्षेत्रको ध्यान जानु आवश्यक छ र यस्ता विकृतिको अन्त्य हुनुपर्छ । साहित्य र लेखन पाटोमा यो सुझाब दिनुहुने बडु राजनीतिमा भने अबसरको समान बितरण, कृयासिलताको सहि मूल्याङकन र समन्यायिक समाजको निमार्णमा ध्यानदिने र समभाब राख्ने नेता अहिले मुलुकको लागि आबाश्यत्ता भएको ठान्नुहुन्छ । त्यस्तो नेतृत्व दिनसक्ने पार्टी मुलुकले अहिलेसम्म पाएको छैन । यद्यपि नेपाली काँग्रेस केही आशालाग्दो भएको उहाँ बताउनुहुन्छ । प्रजातान्त्रिक समाजबादको मूल आर्दश र सिद्धान्तबाट गाईडेट काँग्रेस नीति बिधिमा चल्नुपर्ने, अग्रजले प्रतिपादन गरेका मूल्यमान्यतालाई स्थापित गर्नुपर्नेमा त्यसो हुनसकिरहेको छैन । त्यतिमात्र होइन अहिलेको काँग्रेस नेतृत्वले त्यो मान्यतालाई अगाडि बढाउँदै राष्ट्रिय एकता र मेलमिलापको नीतिमा अगाडि बढनुपर्ने, गणेश प्रबृत्तिलाई अन्त्य गरेर योग्यता क्षेमता र कृयासिलताको आधारमा जिम्मेवारी दिनुपर्ने एवं जनताको भाबना अनुसार अगाडि बढनुपर्ने सुझाब राख्नुहुन्छ । अहिले काँग्रेसमा यो कुराको कमिहुँदै गएको,अराजकता र अनुसाशनहिनताले ठाउँ लिँदै गएकोले राष्ट्रिय बैकल्पिक राजनीतिक शत्ति निमार्णमा युवाहरु लाग्नुपर्ने बडु बताउनुहुन्छ ।
    जीवनलाई फर्केर हेर्दा
    सुरेन्द्रप्रसाद बडु पढदा होस् वा काम गर्दा होस्, लेखदा वा साहित्य सृजना गर्दा होस् वा समाज सेवाका काम गर्दा होस् जस्तोसुकै चुनौति छिचोलेर साहित्य उत्थान, लेखन र विकासमा काम गर्ने सर्जकमा पर्नुहुन्छ । यही कर्मले वहाँलाई चिनाएको छ, मान,सम्मान थुप्रै पुरस्कार दिलाएको छ, यो उहाँका लागि सन्तुष्टीको बिषय हो । विद्यार्थी अवस्थादेखि नै साहित्य र लेखनप्रति रुचि राख्ने बडु भविष्यको पर्वाह नगरी, सरकारले मनोनित गर्ने कोटामा सात नै प्रदेश काँग्रेसबाट साँसदमा सिफारिस हुनुपर्नेमा त्यो नपाउँदा पनि कुनै गुनासो नगरी निरन्तर काममा लागिरहनुभयो, सबै जोखिम मोलेर कठिनतम् अवस्थामा पनि सृजना उमार्ने सबैलाई हुने काममा लाग्नुभयो साहित्यमा बिम्व र बिम्वमा जीवन खोज्नुभयो त्यसका माध्यमबाट समाजमा योगदान गर्नुभयो, कुनै असन्तुष्टि राख्नुभएन यो उहाँको त्याग र समर्पण हो, जसबाट सबैले सिक्नुपर्छ ।

    – रेणुका थापाबाट

    प्रतिकृया दिनुहोस्