News Portal

  • भक्तपुरको निकोसेरामा एकै परिवारका तीन जनाको हत्या

    आर्थिकसंसार डटकम२६ भदौ, २०७७
    ३०४४ पटक
    २६ भदौ, २०७७

    भक्तपुर । भक्तपुरमा एकाघरमा तीनजना आफ्नै घरमा मृत भेटिएका छन् ।
    मध्यपुर थिमी नगरपालिका–९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । प्रहरी स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको छ ।
    घटनाबारे जानकारी पाएपछि भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा घटनास्थलमा गएका छन् ।
    घटनाको विषयमा विस्तृत जानकारी आइनसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए ।

     

     

    प्रतिकृया दिनुहोस्