News Portal

  • नयाँ बर्षमा‘काठमाण्डौं ह्यान्डिक्राफ्ट’को छुटैछुट, एकै छानामुनी भएभरका सामान

    आर्थीकसंसार संवाददाता१ बैशाख, २०८०
    ४९१ पटक
    १ बैशाख, २०८०

    भक्तपुर । भक्तपुरको लोकन्थलीमा रहेको ‘काठमाण्डौं अनलाइन ह्यान्डिक्राफ्ट सप प्रा.लिद्धारा सञ्चालित फ्यान्सी एण्ड कल्चरल सुपरमार्केटले नयाँ बर्ष बिं.सं २०८० सालको अवसरमा ग्राहकसमक्ष छुट अफर ल्याएको छ । सुपरमार्केटलले हरेक सामानमा २० प्रतिशत छुटको योजना सार्वजनिक गरेको हो । यस योजना ०८० साल बैशाख १५ गतेसम्मका लागि सार्वजनिक गरिएको सुपरमार्केटका सञ्चालक कुमार उप्रेतिले बताए ।
    हालसालै संञ्चालनमा आएको सो सुपरमार्केटमा एउटा मान्छेलाई जन्मेदेखि मृत्युपर्यन्त आवश्यक पर्ने सबै सामानहरु उपलब्ध रहेको सञ्चालक उप्रेतिले बताए । नेपालमा तमाम चिजहरु एकै ठाउँमा पाइने सुविधा भएको सुर्परमार्केट यो नै पहिलो भएको उनको दाबी छ ।
    खासगरी विवाह, बर्तमन, पुजाआज, विभिन्न इभेन्टहरुमा चाहिने सामान देखि ए टु जेट सामानहरु, रेडिमेट फेन्सी सामान, सास्कृति झल्काउने सामानहरु, हेन्डीक्राफ्ट सामानहरु, बुटिक सामानहरु, ग्यारेन्टेट गरगहना, नेपाली मौलिक उत्पादनहरु अझै बढी प्राथमिकता दिएर राखिएको उनले बताए ।
    राजनीतिक भद्रगोल, व्यवसायिक वातावरणको अभाव तथा बढ्दो मन्दीको बाबजुत “हामी जोगाउछौं कल्चर” भन्ने मूलनारा लिएर करिब ५ करोडको लगानीमा सो सुपरमार्केट सञ्चालनमा ल्याइएको उनले बताए । अत्यन्तै कल्चर हिसावको सुर्परमार्केट भएकाले हिजोआज आफनो मार्केटमा टिकटक बनाउनेहरुको भिड लाग्न थालेको उनले बताए ।


    विगत डेढ दशकदेखि अमेरिका, अष्ट्रेलिया, क्यानाडा लगायतका देशहरुमा कल्चरल तयारी सामाग्रीहरु निर्यात गर्दै आएका सञ्चालक उप्रेतीले आफ्नै देशमा यस्ता वस्तुहरुको आवश्यकता बढेकोले सो व्यवसाय सञ्चालन गर्नु परेको वताए ।
    सो कल्चरल सुपरमार्केटलाई हास्य कलाकार जीतु नेपालले गएको महिना उद्घाटन गरेका हुन् । हामीले नेपालको जातजाती, भाषा–भाषी, रहन सहन, संस्कृति, परम्पराको बस्तुहरु विक्री गरी बढ्दो व्यापार घाटालाई कम गर्न सक्छौं । निर्यात नै देशको अर्थतन्त्रको मेरुदण्ड हो उनले बताए ।

     

    प्रतिकृया दिनुहोस्