News Portal

  • गृहपृष्ठ राष्ट्रिय, समाचार

    कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान

    भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको आत्माको चिरशान्ति, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा सकुशल उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भक्तपुरको छालिङस्थित श्री पञ्चमहालक्ष्मी मन्दिरमा विशेष आध्यात्मिक अनुष्ठान...बाँकी

    त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका महर्जनलाई माइल्ड हाइपोथर्मिया

    काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेर उद्धार गरिएका दुईजनामध्ये कविर महर्जनलाई माइल्ड हाइपोथर्मिया देखिएको छ । अर्का उद्धार गरिएका व्यक्ति सञ्जय शाह भने जोखिममुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । भोटेकोशी नदीमा...बाँकी

    काठमाडौंमा १६५ शव ल्याइयो, शव व्यवस्थापनमा ७५ प्रहरी परिचालन

    काठमाडौं । रसुवाको बाढीमा परेर ज्यान गुमाएकाको १६५ वटा शव काठमाडौंमा ल्याइएको छ  । नुवाकोटबाट १५९ र धादिङबाट ६ वटा शव ल्याइएको अस्पताल परिसरमा रहेका एसपी प्रदीप सिंहले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै...बाँकी

    रसुवा बाढीमा राष्ट्रियसभाको चासो : उद्धारदेखि पुनर्निर्माणसम्म सरकारको ध्यानाकर्षण

    काठमाडौं । राष्ट्रियसभाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको तत्काल उद्धार, राहत र निःशुल्क उपचारलाई प्राथमिकता दिन सरकारलाई निर्देशनात्मक ध्यानाकर्षण गराएको छ । मंगलबार बसेको राष्ट्रियसभा बैठकले अध्यक्ष नारायणप्रसाद...बाँकी

    बाढी प्रभावित क्षेत्रमा थप ७ स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा सुचारु

    काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा मोबाइल सेवा सुचारु गरेको छ । यससँगै प्रभावित क्षेत्रमा अवरुद्ध भएका अधिकांश मोबाइल बीटीएस साइट सञ्चालनमा आएका छन् । नेपाल टेलिकमका अनुसार आज सञ्चालनमा आएका साइटमा...बाँकी

    प्रधानमन्त्री राहत कोषमा चिनियाँ सरकारको ३० करोड सहयोग

    काठमाडौं । चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ । आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड...बाँकी

    बाढीमा बेपत्ताको खोजी र उद्धारमा सरकारले सम्पूर्ण शक्ति परिचालन गर्दै, यथार्थ सूचना प्रवाहमा जोड

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी, मजदुर तथा सर्वसाधारणको खोजी तथा उद्धारलाई सरकारले उच्च प्राथमिकतामा राखेर उपलब्ध सम्पूर्ण शक्ति परिचालन गरिरहेको बताएका छन् । प्रतिकूल मौसम र...बाँकी

    नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सुचारु

    काठमाडौं । नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारु गरेको छ । यसबाट उक्त जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्दार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क थप सहज हुने भएको छ ।...बाँकी

    भोटेकोशी बाढीमा उद्धार तीव्र पार्दै राहत प्याकेज घोषणा गरियोस् : एमाले

    काठमाडौं । नेकपा एमालेले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारलाई तीव्र बनाउन सरकारसँग माग गरेको छ । एमालेले बाढीका कारण जोखिममा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा प्रभावितको...बाँकी

    हाइड्रोमा कार्यरत २२५ जना सम्पर्कविहीन

    काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका कारण विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीमा ठूलो क्षति पुगेको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखाको विद्युत् आपूर्ति प्रभावित हुनुका साथै कुल ४३१.१...बाँकी