News Portal

  • मञ्जुश्री फाइनान्सको बाह्रौं, तेह्रौं चौधौ र पन्ध्रौं शाखा कार्यालय कारोबार शुभारम्भ

    आर्थीकसंसार संवाददाता२७ भदौ, २०७८
    २२४९ पटक
    २७ भदौ, २०७८

    काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो बाह्रौं, तेह्रौं चौधौ र पन्ध्रौ शाखा कार्यालय रुपन्देही जिल्लाको मुर्गिया, योगिकुटी, मणिग्राम, र भैरहवाको कारोबार शुभारम्भ गरेको छ । मञ्जुश्री फाईनान्स लिमिटेडको सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गर्नुभयो । काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा र विरगञ्जमा ११ वटा शाखा रहेका थिए भने अव थप ४ सहित शाखा संख्या १५ रहनेछ ।
    २०७८ साल आषाढ मसान्तसम्म रु. ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं रु. ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाइनान्सले रु. ८.९१ अर्व निक्षेप संकलन गरी रु. ७.९५ अर्ब कर्जा परिचालन गरेको छ ।
    यसका साथै यस फाइनान्सले विप्रेशण, मोवाइल बैंकिङ, इन्टरनेट बैकिंग र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको कुरा प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    प्रतिकृया दिनुहोस्