काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच विभिन्न संस्थालाई सहयोग प्रदान गरेको छ ।
बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी ‘फाइनान्सीयल डिजिटलाइजेसन लिट्रेसी’ लागि ५० हजार रकम मिडिया इन्टरनेसनललाई सहयोग गरेको छ । यसैगरी कास्कीको मालपोत कार्यालयमा सेवाग्राहीहरु बस्ने प्रतिक्षालयको लागि ३ थान फलामको सहयोग गरेको छ ।
यसका साथै बैंकले बालबालिकाको शिक्षाको लागि निमित्त रेश्ट फाउन्डेसनअन्तर्गत हेरचाह गरिएका आर्थिक स्थिति कमजोर भएका बालबालिका लागि चाहिने किताबको दराजको निर्माण गर्न ४० हजार सहयोग गरेको छ ।
साथै बैंकले भैसेपाटीस्थित प्रगति युवा क्लबले आयोजन गरेको रक्तदान कार्यक्रमका लागि पनि आर्थिक सहयोग गर्नुको साथै आर्थिक स्थिति कमजोर भएका कास्की जिल्ला पोखरा महानगरपालिका–२२ का २८ वर्षीय प्रकास बरालको मृगौला प्रत्यारोपनपणका लागि ५० हजार सहयोग गरेको छ ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न पाँच संस्थालाई आर्थिक सहयोग प्रदान
आर्थीकसंसार संवाददाता२७ भदौ, २०७८
२७ भदौ, २०७८- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता